१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विरामी परेको अर्थतन्त्र उकास्न राष्ट्रिय सहमति आवश्यकः सांसद केसी


२६ जेठ,  काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले विरामी परेको अर्थतन्त्र उकास्न राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८० ८१ को राजस्व र वार्षिक व्यायको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै सांसद केसीले अहिले देखिएको संकटको समाधान गर्ने जिम्मा संसदको नै रहेको बताए ।

उनले भने ‘ विरामी अर्थतन्त्रको बिचमा छौं । यसको लागि राष्ट्रिय सहमतिको आवश्यकता छ । आमरुपबाट हामीमा भएको विश्वासको संकट,प्रतिवद्धताको संकट र चरित्रको संकटले गर्दा हामी यस्तो अवस्थामा छौं । यसलाई गम्भीर रुपले यसको बारेमा नसोच्ने हो भने यस्तो टालटुले पाराले गरेर हुँदैन् । अहिले जुन खालको राष्ट्रिय संकट र अन्तराष्ट्रिय परिवेश छ । यसलाई समाधान गर्नुपर्छ । ’ सांसद केसीले संसदमा रेकर्ड भएको विषय जसरी मेटाउन थालिएको छ त्यस्ले संसदीय परम्परामा प्रभाव पार्ने बताए । उनले बोलेको कुरा कसैले फिर्ता लिए ठीक मानिए पनि दबाब र सहमतिको नाममा संसदको रेकर्डबाट हटाउने कार्य हुनु गलत परम्परा भएको बताए ।

उनले भने ‘ संसदभित्रको सत्ता गठकन्धन प्रमुख प्रतिपक्ष र अरु प्रतिपक्ष मिलेर सरकार परिवर्तन गर्न सक्छ,संविधान परिवर्तन गर्न सक्छ तर ति सबै मिलेर पनि संविधान तोडन सक्दैनन् र यहि नै विधिको शासन हो भन्ने मेरो विश्वास छ । संविधान तोड्न सकिदैन् । सहमतिले संविधान परिवर्तन हुन सक्छ सरकार परिवर्तन हुन सक्छ तर सहमतिले संविधान तोड्न पाईदैन् है ।

अहिले जुन ढंगले संसदको रेकर्ड हटाउन थालिएको छ । ठीक छ, सम्बन्धित माननीय स्वयंले फिर्ता लिनु भयो भने हामीलाई आपत्ति छैन् । तर संसदमा जसरी फिर्ता लिने काम भएको छ तर मैले संसार भरिको अभ्यास र ३५ ४० वर्षको अनुभवमा यस्तो कुरा पाएको छैन् । अब के संसमा कुनै अनिमयतता र भ्रष्टाचारको कुरा गर्न नहुने हो ? तत्कालीन समयमा यस्तो भएको छ भन्न नपाईने हो ? ’

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १३:३०