१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

लूको प्रभावबारे आवश्यक तयारी गर्न सरकारलाई सांसद झाको आग्रह


२६ जेठ,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तराईमा आइरहेको तातो हावाका कारण हुनसक्ने सम्भावित स्वास्थ्य जोखिम न्यूनिकरणका लागि आवश्यक तयारीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा झाले लूको कारण युरोपमा हजारौ मान्छेको मृत्यु भईसकेको उल्लेख गर्दै नेपालमा यसको जोखिम कम गर्न आवश्यक तयारीकालागि सरकारलाई आग्रह गरे ।

‘हाम्रो तराईमा जुन तातो हावा आइरहेको छ, त्यसको कारण सम्भावित स्वास्थ्य जोखिमको बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने, ‘ वर्षेनी लगभग १२ करोड ५० लाख विश्व जगतमा नै यसले प्रभावित भएको र नेपालमा पनि यसको सम्भावना धेरै नै देखिन्छ । यसको कारण युरोपमा विगतमा हजारौ मान्छेको मृत्यु भईसकेको छ । यसले मानसिक स्वास्थ्यमा एकदमै नराम्रो प्रभाव पार्न सक्छ । ’

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १३:२४