१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आइएमई लाइफले असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने, सर्वसाधारणले कहिले भर्न पाउछन् ?


२६ जेठ, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार १ गतेबाट आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले प्रिमियम मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १ गतेबाट आईपीओ निष्कासन गर्न लागेको हाे । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि भने असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने छ ।

कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्न अनुमति पाएको थियाे। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६.९१ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

कुल कित्तामध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ। साथै कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्के रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ११:३३