१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै


२६ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठक बस्दैछ । बिहान साढे ११ बजेबाट धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘ सरकारले ल्याएको बजेटबारे पार्टीको धारणा बनाउन बैठक बोलाइएको हो । ’ उनले भने ‘त्यो बाहेक समसामयिक राजनीतिक परिस्थिति, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन र सांगठानिक गतिविधिबारे पनि छलफल हुन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ११:१७