८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लाभांश पारित गर्न नेपाल पुनर्बीमा कम्पनीले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?


२६ जेठ, काठमाडाैं ।  नेपाल पुनर्बीमा कम्पनीले बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते साढे ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ ।  बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ११:१६