४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

अन्तिम कारोबार दिन ८०० ले बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२६ जेठ, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १०:४६