१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती


२५ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तलाई एक आपसमा मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएकाे छ । राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको थियो भने बिहीबार अन्तिम स्वीकृती दिएको छ ।

यी दुबै लघुवित्तहरुले भदौ ३१ गते मर्जमा जाने सम्झौता गरेका थिए । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १७:२३