८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेप्सेमा झिनो अंकको सुधार, दुई कम्पनीको सेयर मूल्यमा सर्किट


२५ जेठ,काठमाडौं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२७ अकंले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको छ । आज २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । आज दोल्ती पावर कम्पनी र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हाे । यस दिन रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १५:१९