७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत, आपनिङ्ग रेन्ज कति ?


२५ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार १ कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सिटी होटल लिमिटेडको आईपीओ सूचीकृत भएको हो । नेप्सेमा कम्पनीकाे १०० अंकित दरका कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८७.८३ रुपैयाँ देखि २६३ रुपैयाँ ४९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । नेप्सेले सिटी होटललाई ‘सीआईटीवाई’ कारोबार संकेत प्रदान गरेको छ। सोही आधारमा आइतबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १३:३६