७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नुपर्छः सांसद सुवाल


२५ जेठ,  काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नु पर्ने बताएका छन् ।

विहीबार प्रतिनिधिसभामा आगामीआर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनु पर्ने बताएका छन् ।

उनले भने ‘ नेपालका प्रधानमन्त्रीहरुले ४ हजार ६ सय ३९ मेगावाट अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो माथिल्लो कर्णाली,पश्चिम सेती,सेतीनदीलगायतका जलविद्युत भारतको कब्जामा पुग्ने अवस्था देखिएको छ । भारतले तमोर ७ सय ५६,मुगु कर्णालीमाथिल्लो अरुणको ३ हजार ७ सय मेगावाट जलविद्युत पनि फेरि कब्जा गर्ने तयारी गरिरहेको छ । सरकारले ती सबै आयोजना फिर्ता लिएर नेपाललाई सुख्खा र अध्याँरो बनाउने काम तत्काल रोक्न जरुरी छ । ’

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १३:१७