७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारले लगायो असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध


२५ जेठ, काठमाडौं । सरकारले वर्षा अवधिभर सडक खन्न प्रतिवन्ध लगाएको छ । जबरजस्ति गरिए सार्वजनिक सडक ऐन ०३१ अनुसार कारबाही हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका अनुसार अगामी १ असारदेखि भद्र मसान्तसम्म सडक खन्ने कुनै पनि काम गर्न पाइने छैन । कार्यालयले बिहीवार सुचना सार्वजनिक गर्दै कसैले नियम उलंघन गरे कारबाही गरिने बताएको छ ।

सुचनामा भनिएको छ,‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ११:५४