१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बिहीबार सुनकाे मूल्यमा भारी गिरावट, कति पुग्याे ताेलाकाे ?


२५ जेठ, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य स्थिर रहँदै  १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १०:५५