१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त


२४ जेठ, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौता भएको छ ।
बैंकले १० वर्ष अवधि भएको ‘१०% सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हाे।

बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार दरका जम्मा ३ अर्ब बराबरको ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो। सम्झौतामा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ता लाभान्वित हुने विश्वास बैंकले लिएको छ। सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १६:३८