१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

देश आर्थिक मन्दीमा गइसक्याेः सांसद बिमला राई पौड्याल


२४ जेठ, काठमाडाैं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले देश आर्थिक मन्दीमा गईसकेको टिप्पणी गरेकी छिन् । बुधवार राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को बजे छलफलमा भाग लिँदै उनले देशको पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमा गईसकेको बताएकी हुन् ।

उनले भनिन् ‘पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गईसकेको छ । चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ यसको भार विकास खर्चमा पर्छ ।’ उनले अहिले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भनिएता पनि मंसिरमा गएर संशोधन गरी कति प्रतिशतमा झर्ने हो टुङ्गो नभएको तर्क गरिन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १६:३५