१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेसनल हाइड्रोपावरले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


२४ जेठ, काठमाडाैं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हाे ।

धितोपत्र बोर्डकाे अनसमतिसँगै कम्पनीले अब कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर  निष्काशन गर्नेछ ।

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको  बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिसकेको छ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद सेरमा खरिद आवेदन दिन पाउनेछन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १६:२५