७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी


२४ जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६८ अकंले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ । आज २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टी होटल लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे १० करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ९७ लाख, नागरिक लगानी कोषको ६ करोड ९० लाख, नेपाल टेलिकमको ६ करोड ५२ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ६७ लाख रुपैयाँमाकिको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १५:१२