१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बजेट नुवाकोट, डडेलधुरा र गोरखा केन्द्रित भयो भन्ने सुनेको छु, बुझ्नुपर्नेछः माधव नेपाल


२४ जेठ, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट तीन जिल्ला केन्द्रित रहेकाे आरोप लगाएका छन् । उनले बजेट नुवाकोट, डडेलधुरा र गोरखा केन्द्रित गरेको भन्ने सुनेकाे भन्दै त्यसबारेमा बुझ्नुपर्ने बताएका हुन् । बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएका नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ताे आरोप लगाएका हुन् ।

आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने उनको भनाइ छ । ‘बजेटजति सबै डडेलधुरा, गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने सुनेँ,’ उनले भने, ‘त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र यसो गर्न नमिल्ने थियो । बुझ्नुपर्नेछ ।’ उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १४:५१