७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बजेट असफल भए सरकारले माफी माग्नुपर्छः सांसद झा


२४ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले बनाएको बजेट असफल भएमा माफी माग्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बजेट माथिको छलफमा भाग लिदैं उनले सैद्धान्तिक रुपमा हेर्ने हो भने राजनीतिक रुपमा हेर्ने हो भने आफुले बनाएको बजेट असफल हुँदा माफी माग्नुपर्ने टिप्पणी गरेका हुन् ।

उनले भने,‘सैद्धान्तिक रुपमा हेर्ने हो भने राजनीतिक रुपमा हेर्ने हो भने बनाएको बजेट असफल भयो भने राजनीतिक रुपमा माफी पनि माग्नु पर्ने हो नि । तर यो देशमा आफुले बनाएको बजेटको हिसाब मिलेन सफल भएन भने पनि माफी मागेको देखिदैंन ।’ उनले सरकारले ल्याएको बजेट जटिल रहेको पनि टिप्पणी गरेका छन् ।

सरकारले आयको सम्भावना भन्दा धेरै फरक परिकल्पना गर्ने र खर्च चाँहि मन लाग्दी तरिकाले गर्ने भन्दै बजेटलाई चाहिने भन्दा बढी जटिल बनाईएको बताएका हुन् । उनले भने,‘बजेटलाई चाहिने भन्दा बढी जटिल बनाईदै छ । आय र खर्चको सन्तुलित व्यवस्थापन मात्र हो यो तर यसलाई एकदमै जटिल गरिएको छ । आयको हामी सम्भावना भन्दा धेरै फरक परिकल्पना गर्छौ र खच मन लाग्दी गछौं ।’

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १३:५९