१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन


२४ जेठ, काठमाडाैं । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा असन्तुष्ट पक्षसँग वार्ता गर्न समिति बनाएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न खानेपानी तथा सिचाईं मन्त्री तिलकुमार मेनाङवाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।

उनका अनुसार समितिमा कृषिमन्त्री भक्ति सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । सरकारले केही दिनअघि वार्ताका लागि आह्वान गरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १३:४७