१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकारले मैलुङ खोला जलविद्युतलाई रसुवा र नुवाकोटमा रहेकाे राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने


२४ जेठ, काठमाडाैं । सरकारले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेकाे छ ।  बुधवार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । याेसँगै राष्ट्रिय वन क्षेत्रमा रहेका रुखहरू हटाउन आयोजनालाई स्वीकृती मिलेकाे छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १३:००