१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कहिलेसम्म कायम सेयरधनीले भर्न पाउछन् नेसनल हाइड्रोपावरको हकप्रद सेयर ?


२४ जेठ, काठमाडाैं ।नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रतिसेयर १०० रुपैयाँ दरको १ करोड ६४ लाख ४२ हजार ९१९ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ः०.५ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद सेरमा खरिद आवेदन दिन पाउनेछन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ११:५८