१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एमालेका ३३ विभागमा ३२ प्रमुख तोकिए, उपमहासचिव रिमाललाई दुई विभागको जिम्मा


२४ जेठ, काठमाडाैँ । नेकपा एमालेले ३३ विभागको प्रमुखहरूको नाम सार्वजनिक गरेको छ । कार्यविभाजन संशाेधन गर्दै उपप्रमुख रहने व्यवस्था हटाएको एमालेले ३३ वटा विभागमै वरिष्ठ र अनुभवी नेताहरूलाई जिम्मेवारी दिएको छ । एमालेको शुक्रबार बसेको सचिवालय बैठकले केही नेतालाई दुई विभागको जिम्मेवारी पनि दिएको छ ।

एमालेको सचिवालय बैठकको निर्णय अनुसार नयाँ कार्यविभाजनमा उपमहासचिव विष्णु रिमालले दुई विभागको जिम्मा पाएका छन । उनले वित्त तथा कोष व्यवस्थापन र निर्वाचन विभागको प्रमुखको जिम्मेवारी पाएका छन । त्यस्तै उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभागको जिम्मेवारी पाएका छन ।

प्रचार विभागबाट हटाइएका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले संसदीय विभागको जिम्मेवारी पाएका छन । त्यस्तै प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गाैतमले प्राप्त गरेका छन ।

यस्ता छन एमालेको ३३ विभाग र प्रमुखहरू

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०८:३७