
२३ जेठ, काठमाडौँ । नेकपा एमाले नुवाकोटको इन्चार्जमा अरूण नेपाल तोकिएका छन । शुक्रबार भएको एमालेको सचिवालय बैठकले नेताहरूको कार्यविभाजन पुनर्विचार गर्दै नेपाललाई नुवाकोटको इन्चार्ज तोकेको हो । पूर्वमन्त्री समेत रहेका एमाले पोलिटब्यूरो सदस्य नेपाल सिन्धुपाल्चोकका हुन ।
यस्तै एमालेले नुवाकोटबाट प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यलाई १२ पालिकाको इन्चार्ज तोकेको छ । जस अनुसार केन्द्रीय सदस्य विन्दा ढुंगानालाई पाँच पालिकाको इन्चार्ज तोकिएको छ । ढुंगानालाई बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका, मेगाङ गाउँपालिका र किस्पाङ गाउँपालिकाको इन्चार्ज तोकिएको छ ।
त्यस्तै केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई सात पालिकाको इन्चार्ज तोकिएको छ । तिमल्सिनालाई ककनी, शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर, तादी, सूर्यगढी र लिखु गाउँपालिकाको इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
यस्तै नुवाकोटबाट केन्द्रीय विभागमा दुई जना थपिएका छन । थपिएकामा प्रकाश पुडासैनी अर्थ तथा योजना विभाग र प्रकाश गौतम उद्योग वाणिज्य तथा आपुर्ति विभागको सदस्य रहेका छन ।
यसअघि एमालेको दशौँ महाधिवेशनपछिको कार्यविभाजनमा केन्द्रीय सदस्य विन्दा ढुंगाना नुवाकोट इन्चार्च रहेकी थिइन । सम्पूर्ण कार्यविभाजन यहाँ तलको पिडिएफमा हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार २३:३८