८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बजेट चिलको आँखा जस्तो हुनुपर्ने, लाटोकोसेरोको जस्तो छः केपी ओली


२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को बजेट भिजन हीनता रहेको टिप्पणी गरेका छन् ।
मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले २०८०/८१ को बजेट भिजनहीनता भएको भन्दै लाटोकोसेरोको जस्तो आँखा भएको व्यङग्य गरे ।

उनले भने, ‘यसमा बिमार छ। भिजनहीनता छ। यसले परसम्म देख्दैन। चिलको जस्तो आँखा हुनुपर्ने, लाटोकोसेरोको जस्तो आँखा भएको छ। यसले देख्दैन। भिजन छैन। पोलिसी छैन। त्यसकारण यसमा अकर्मण्यता छ।’ ओलीले आयस्रोत कसरी बढाउने प्रयासलाई योजनाबद्ध ढंगले अगाडि लैजाने कुरामा अहिलेको सरकारको ध्यान नगएको बताए।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १६:५५