१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्थमन्त्रीको प्रष्टिकरणः करका दर हेरफेरमा रामकृष्ण श्रेष्ठको संलग्नता छैन


२३ जेठ, काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले करको दर फेरबदलमा निर्णायक भूमिका आफ्नो रहेको र अरु कसैको पनि संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका बेलाअनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षीदलहरूले उठाएका प्रश्नको उत्तर दिँदै उनले डाटा इन्ट्रि गर्ने बाहेक अन्य काममानाम मुछिएका रामकृष्ण श्रेष्ठको संलग्ना नरहेको उनको प्रष्टिकरण छ ।

उनले भने ‘रामकृष्ण श्रेष्ठ उहाँ अनुभवि र दक्ष ईमान्दार भएको र मेरो व्यक्तिगत रुपमा केही थिएन् । यसको आवश्यकता छ भनेर नै म भन्दा अगाडीका अर्थमन्त्रीले कर्मचारी छनौट गर्नु भएको हो । यो निर्णय प्रकृयामा उहाँ हुने त कुरै भएन । त्यो निर्णय प्रकृयामा गोप्य निर्णय गर्ने ठाउँमा उहाँ कहीँकतै हुनुहुन्न।’

उनले निर्णय भएको विषयमा असम्बन्धित व्यक्तिलाई प्रवेश नदिइएको उनको दाबी छ । ‘निर्णय प्रकृयामा बसेकै पदाधिकारीको उहाँहरुकै निर्देशन र उपस्थितीमा भने अनुसारको समावेश गरिएको हो । सहयोगीको आधिकारिक काम गर्नेले प्रवेश गर्ने मात्र हो । अरुलाई हेरफेर गर्न छलफलमा भाग लिन कुनै अधिकार हुँदैन् ।’

आफूले कर निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको भन्दै उनले त्यसबारे जवाफ दिनआफू सदैब तयार रहेको उनले बताए । ‘निर्णय प्रक्रियामा उहाँको कुनै पनि सहभागिता छैन् । डाटा इन्ट्रि गर्नेकाममात्रै उहाँले गर्नुभएको हो । करको दल हेरफेर आफैले गरेको हो । त्यसलाई डिफेन्ड गर्न आफू तयार छु’ उनले भने ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १५:३६