१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

ताेलामै ९००ले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


२३ जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन सोमबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार ११:०२