११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नयाँ सारथी लघुवित्तको करिब २३ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारले पनि किन्न पाउने


२३ जेठ, काठमाडाैं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले आज जेठ २३ गतेबाट २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

उक्त सेयमा सर्वसाधारण, योग्य जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि साे सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्री खुल्ला गरेकाे थियाे । संस्थापक सेयरधनीहरूले ३५ दिनको समयअवधिभित्र पनि साे सेयर खरिद नगरेका कारण  अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई बिक्री खुला गरिएकाे कम्पनीले जनाएकाे छ ।

उक्त सेयरमा इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई ७ दिनभित्र  काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा खरिद आवेदन दिनसक्नेछन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १०:५०