१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दै नेपाल


२३ जेठ, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिड्दैछ । एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो ।

नेपालले जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ भने उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार ०९:३५