८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रावा इनर्जीको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ अन्तिम अपडेट


२२ जेठ, काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा धेरै बढी आवेदन परेकाे छ । कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज  अन्तिम दिनसम्म मागभन्दा करिब २० गुणा बढी आवेदन परेकाे हाे ।

सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा आज साँझ ५ बजेसम्म ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १९.८२ गुणाले बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे कारण १० कित्ता सेयर हात पार्ने लगानीकर्ता भाग्यमानी सावित हुनेछन् ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था थियो। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १८:००