१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


२२ जेठ, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाह सम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रृयामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्ने जनाएको छ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आ.व.२०७९/०८० मा प्रक्रृया अगाडि बढाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १६:५१