१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा १ कम्पनीको मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ काराेबार ?


२२ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा आज जाल्पा समूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो ।

नेप्सेमा कम्पनीकाे १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १४३४.५७ रुपैयाँ कायम गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १६३९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । साेही मूल्यकाे आधारमा अब भाेलि मंगलबारबाट सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १६:१३