१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच व्यवसाय प्रवर्द्धनका लागि सम्झौता


२१ जेठ, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात दुवै संस्थाको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरतालगायतको कार्यक्रमलाई टेलिभिजनमार्फत नागरिकमा पुर्याउन सहयोग पूग्ने बताए।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले दुवै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १७:१७