१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाने, अर्को पेशी असार २९ मा मात्रै


२१ जेठ, काठमाडौं । अन्ततः सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि सोमबार दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

यसअघि गत मङ्गलवार राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप टोलीसंगै जान पाएका थिएनन् ।

प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टोलीसँग जान नपाएर छुटेका हुन् ।
सन्दीपलाई राष्ट्रिय टोलीका लागि खेल्न सहज होस् भन्दै उनका कानुनी सहयोगीहरुले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए ।

अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीपको दक्षिण अफ्रिका यात्रा सम्भव भएको हो । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १३:४३