१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?


२१ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा भारी अंककाे गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र  तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन  प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १०:५५