१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विगतको संसदले नचिन्ने रामचन्द्रकाे कीर्ते कर्म !


२१ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्रदामाेदरदास माेदीका लागि `गुडन्युज´ पठाउन कीर्ते काम गरेकाे तथ्य सार्वजनिक भएकाे छ । विवादित नागरिकता विधेयक प्रमाणिकरणकाे नाममा राष्ट्रपति पाैडेलले कीर्ते गरेका हुन ।

राष्ट्रपति र संसदकाे साइनाे परिचयसहितकाे हुन्छ । साेही कारण राष्ट्रपतिले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम संसदमै उपस्थित भएर प्रस्तुत गर्ने प्रावधान रमखिएकाे छ र साेही अनुसार अभ्यास पनि भैरहेकाे छ । राष्ट्रपतिले संसदले बनाएका कानुनहरू प्रमाणिकर गरेपछि राजपत्रमा प्रकाशित भएर बल्ल कार्यान्वयन हुन्छ । त्यसकारण संसद र राष्ट्रपति दुबैकाे कार्यकाल पनि समान हुन्छ ।

भारतीय एजेन्डा समावेश गरेर तयार पारिएको विधेयक यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले केही गम्भीर सवाल यठाउँदै राेकेकी थिइन । तर अहिले विगतकाे संसदले चिन्दैनचिन्ने रामचन्द्र पाैडेलले समय गुज्रिएकाे बिधेयक प्रमाणिकरण गरे । जुन कीर्ते काम हाे ।

रामचन्द्र पाैडेलले आफ्नाे नाम लेखेकाे ठाउँमा राष्ट्रपतिकाे हैसियतले हस्ताक्षर गर्न पाउँछन् तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षर नगरेकाे ठाउँमा आफैँले नाम लाखेर हस्ताक्षर गर्न पाउँदैनन् । विगतको सभामुख र राष्ट्रपतिकाे हस्ताक्षर हुनुपर्ने विधेयकमा पाैडेलले हस्ताक्षर गरेर गम्भीर गल्ती मात्रै गरेका छैनन् कीर्ते काम पनि गरेका छन ।

राष्ट्रपति मालपाेत अधिकृत जस्ताे पद हैन राष्ट्रपतिले गर्ने काम, कर्तव्य र अधिकारकाे सीमा संविधानले निर्धारण गरेकाे छ । त्यसकारण संविधानकाे पालना गर्ने नाममा कीर्ते गर्ने छुट राष्ट्रपतिलाई पनि हुन्न । नागरिक नागरिकता पाउनबाट बञ्चित हुनहुन्न भन्ने नाममा गलत गर्ने छुट कसैलाई छैन ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार ०७:३७