१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नारी निकुञ्ज अष्ट्रेलियाको स्वास्थ्य सम्बन्धी चेतना मुलक छलफल


एडिलेड एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा आन्द्रामा हुने क्यान्सर सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको

साउथ अष्ट्रेलिया सरकार वेलवइङ एस समेतको सहयोगमा आयोजित कार्यक्रममा बहुसांस्कृतिक स्क्रीनिंग परियोजनाकी अफिसरज्याकलिन रिभिएर आन्द्राको क्यान्सर कसरी हुन्छ यसको निदानको उपायका विषयमा जानकारी गराएकी थिईन उनले अष्ट्रेलियामाफोक्सोको क्यान्सर पछि आन्द्राको क्यान्सर हुने गरेको बताउदै समयमा नै समस्याको पहिचान हुन सके उपचार संभव भएको बताउदैसंभावित रोगका लक्षणहरु माथी प्रकाश पारेकी थिईन अष्ट्रेलिया सरकारले यो समस्यामा गर्ने सहयोग यसबाट बच्न गर्नु पर्नेसाबधानीका बारेमा समेत चर्चा गरेकी थिईन

स्थानिय केनिलवर्थ फुटवल क्लवको सभा हलमा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरुले गरेका आन्द्राको क्यान्सरको जाच गर्नेविधि सहितका विभिन्न प्रश्नमा समेत विज्ञ ज्याक्लिनले आफ्नो भनाई राखेकी थिईन्

कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले नारी निकुञ्जले यस अगाडि पनि महिला खेलकुद सहित स्वास्थ्य संग जोडिएको विभिन्न बिषयमा चेतनामुलक छलफल गर्दै आएको बताउदै, २०२१२३ कार्यकालमा नारी निकुञ्जलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेकी थिइन

नेपालबाट आउनु भएका अभिभावकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा एडिलेड नेपाली समाजकी सदस्य समेत रहेकी अगुवादिपा दहालले विज्ञका भनाईहरुलाई नेपालीमा रुपान्तरण गरेकी थिइन्

नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक अनिता पराजुलीद्वारा संचालन गरिएको कार्यक्रममा नारी निकुञ्ज(२०२१०२३) अष्ट्रेलियाका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा सहयोग पुर्याय वापत दिपा दहाल, विमला लामा प्रधान  पत्रकार बालगोपाल उपाध्यायलाई धन्यवाद सहित मायाको चिनो प्रदान गरिएको थियो

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १३:५१