६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?


१८ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साविकका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जर भएपछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचीकृत भएको छ ।

यी दुई इन्स्योरेन्स बीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले  कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ३७०.८२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब यही मूल्यबाट आइतबारदेखि कम्पनीकाे कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १६:१८