१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि


१८ जेठ, काठमाडौं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट भाषणपछि निरन्तर गिरावट आएको बजारमा अन्तिम दिन भने दाेहाेराे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अकंले बढेर १८६६.३४ बिन्दुमा बन्द भएको छ । आज २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर र विपिडब्लु लघुवित्तकाे सेयरमूल्य सर्वाधिक बढेको छ । यस दिन फोकस्ड इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज प्रभु बैंकको प्रोमोटर सेयर सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १५:२५