८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हरियाली छाएकाे बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार


१८ जेठ, काठमाडौं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट भाषणपछि निरन्तर गिरावट आएको बजारमा अन्तिम दिन भने दाेहाेराे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अकंले बढेर १८६६.३४ बिन्दुमा बन्द भएको छ । आज २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

आज प्रभु बैंकको प्रोमोटर सेयर सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २३ करोड २१ लाख रुपैयाँकाे काराेबार भएकाे छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १५:१३