८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भातरबाट हवाई अनुमति प्रदानः प्रधानमन्त्री प्रचण्ड


१८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताएका हुन् ।

उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको पनि बताए । तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा काम अगाडि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:१४