१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मोदीको ‘गुड न्युज’ बोकेर दिल्ली पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमै नृत्यसहितको सरप्राइज


१७ जेठ, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदारदास मोदीका लागि दिएको ‘गुड न्युज’ बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिनका लागि भारत पुगेका छन । नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमै नर्तकीहरूको नृत्वबाट स्वागत गरिएको थियो । त्यो प्रचण्डका लागि सरप्राइज नै थियो ।

भारतको इच्छामा नागरिकता विधेयकमा राखिएका प्रावधानसहित यसअघि सरकारले प्रमाणिकरको प्रयास गरे पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकी दिएको विधेक गैरसंवैधानिक तवरबाट प्रमाणिकरण भएको ढोल पिट्दै प्रचण्ड दिल्ली पुगेका हुन ।

त्यसका लागि राष्ट्रपति रामचन्द्र पाैडेलले बुधबार संसदको विशेषाधिकारमाथि हस्ताक्षेप गर्दै अस्तित्वमै नभएको नागरिकता विधेयक प्रमाणिकरण गरेर भारतीय प्रधानमन्त्री मोदीका लागि ‘गुड न्युज’ दिए यद्यपी यसको अदालबाट व्यख्या खोजिने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार २१:४३