६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

राष्ट्रपति रामचन्द्र पाैडेललाई एमालेको पाँच प्रश्न


१७ जेठ, काठमाडौँ । अस्तित्वमै नरहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपछि नेकपा एमालेले पाँच प्रश्न गरेको छ । राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालबाट विधेयक प्रमाणीकरणले पाँच प्रश्नको जवाफ खोजेको उल्लेख गरेका छन ।

महासचिव पोखरेलले निष्कृय बनेको नागिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के रहेछ भन्दै विधेयक प्रमाणिकरणले यी प्रश्नको उत्तर खोजेको बताएका छन । महासचिव पोखरेलले उल्लेख गरेका पाँच प्रश्न यस्ता रहेका छन ।

नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?

सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ ?

प्रादेशिक पहिचान सहितको नागरिकताको सम्वैघानिक प्रवन्घको ठाडो उलंघन गर्न मिल्छ ?

नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणिकरण गर्न मिल्छ ?

संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन र ?

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १४:३४