१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

रामचन्द्र पाैडेलले राष्ट्रपति संस्था कै अपमान गरेः कमल थापा


१७ जेठ, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रपति संस्थाकै अपमान गरेको बताएका छन । निस्क्रिय भैसकेको विधेयक प्रमाणिकरण गर्दै राष्ट्रपति पैडेलले प्रधानमन्त्री प्रचण्ड मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुडन्युज दिएपछि प्रतिक्रिया दिँदै अध्यक्ष थापाले यस्तो बताएका हुन ।

यस्तो छ थापाको प्रतिक्रिया 

प्रम प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ,यो विधेयक कसलाई खुसी पार्न बनेको हो।राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्ड मार्फत ‘गुड न्युज’ दिनुभयो। राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो।एउटा राष्ट्रपतिले अस्विकार गरेको निर्णय अर्को राष्ट्रपतिले ९ महिना पछि उल्टाउनु हास्यास्पद छ। यो राष्ट्रप्रति बेईमानी हो।

तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिईन्। अहिले नयां चुनावबाट नयां जनादेश प्राप्त संसद आएको अवस्थामा संसदलाई वाईपास गरेर राष्ट्रपति पौडेलले ९ महिना अघि निस्कृय भैसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान हो।

भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजांदा उनले भारतको नागरिकता पाउन ७वर्ष कुर्नुपर्छ।राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने छिन,सांसद मन्त्रि हुन पाउंछिन । नागरिकता कागजको खोस्टो बनाईयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १३:३२