७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सुनको मूल्यमा फेरि बन्यो नयाँ कीर्तिमान, कति पुग्यो ताेलाकाे ?


१७ जेठ, काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमै १५०० रुपैयाँले बढेको छ। योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

याे सुनको मूल्य हालसम्मकै उच्च हो। यसअघि गत वैशाख २१ गते सुनको मूल्य नयाँ उचाइ पुगेकाे थियो। उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि सुनको मूल्य तोलामा २४०० ले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १२:५८