१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सार्वजनिक लेखा समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको उजुरीमाथि छलफल हुने


१७ जेठ, काठमाडौं । संघीय संसद,प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बुधबार दिउँसो बस्न लागेको छ । बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल हुने बताईएको छ ।

बैठक बुधबार दिउँसो १ बजेको लागि सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलार्ईएको छ । बैठक हालसम्म समितिमा परेका उजुरीको सम्बन्धमा छलफल गर्न तथा परेका उजुरीको सम्बोधन के कसरी गर्ने भन्ने विषयलाई लिएर केन्द्रित रहने समितिको उप–सचिव सावित्रा शर्माले जानकारी दिईन् ।

उनले भनिन,‘अहिलेसम्म एउटा मात्रै उजुरी परेको छ । आजको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको सम्बन्धमा परेको उजुरीमाथि छलफल हुनेछ ।’ त्यस्तै, परेको उजुरी बाहेक अन्य विविध विषयमा पनि छलफल गरिने जानकारी उनले दिईन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १२:१९