१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कांग्रेस नेतृ एवं पूर्वमन्त्री मीना पाण्डेको निधन


१६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ । क्यासरबाट पीडित पाण्डेको मंलबार काठमाडौंमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।

पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिदैछ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे ०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् ।

२०७४ मा उनी समानुपातिक सांसद बनेकी थिइन् । २०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार २०:५८