४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

तलव भत्ता नै खुवाउन सकेन भन्ने कुरा झुटो होः अर्थमन्त्री महत


१६ जेठ, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, सरकारले तलव भक्ता खुवाउन सकेन भन्ने कुरामा सत्यता नभएको जिकिर गरेका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार तलव भक्ता खुवाउने दायित्वबाट पछि नहट्ने बताए । उनले भने ‘ तलव नै छैन भन्ने उडन्ते कुराको पछाडि तपाईहरु त लाग्नु भएन नी । कम्तिमा तपाईहरुले त यो कुरा बुझ्नु पर्यो नी ।’

सामाजिक सुरक्षाको सवालमा सरकारले गरेको प्रयासलाई लिएर उठेका प्रश्नमा उनले गर्दा पनि नहुने नगर्दा पनि आलोचना गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे ।

उनले भने ‘मितव्यीताको कुरामा पहल गरेन भने पनि पहलै गरेन । पहल गरे पनि यतिले के चाहीँ हुन्छ र भन्नु भएन् । जे कुरा प्रस्तावित गरेका छौं कमसेकम सुरुवात त गरेका छौं । राम्रो गर्यो भन्दीनुस । मैले भनिसके सामाजीक सुरक्षा, भत्ता, साधारण खर्च भए पनि त्यो निरन्तर हुनेछ । तलव भत्ता त्यो दिनै पर्ने कुरा हो नदिने कुरा भएन् ।’

अनावश्यक खर्च कटौतिका लागि सरकार गम्भिर रुपमा प्रस्तुत हुने उनको भनाई छ । ‘त्यो भन्दा बाहेक हामीले बचाउने भनेको अनावश्यक खर्च कही भईरहको छ चने त्यसलाई रोक्ने कुरा हामीले गरिरहेका छौं । तपाईहरुले नै निरुत्साहीत गरेपछि सुधार हुँदैननी । त्यसैले सेकेण्ड जेनेरेशनको सुधारको कुरा पनि त्यही हो ।’ उनले भने ‘नाम नै लिनुपर्ने आवश्यकता छैन् ।

मुल कुरा हामी के गर्दैछौं भन्ने हो त्यसलाई के नाम दिने हो तपाईहरुले दिनोस । यो सब के हो भने हामीले समग्र अर्थतन्त्रलाई चलायमान गर्नु हो । त्यस्तै सेयर बजारलाई कानुनी व्यवस्था अनुसार अतिरिक्त छुट दिइएको उनको दाबी छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार २०:२६