७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ऊर्जा क्षेत्रको बजेट पनि घट्यो, चालु आवको भन्दा २१ अर्बले कम बजेट विनियोजन


१५ जेठ, काठमाडौं । सरकारले ऊर्जा क्षेत्रमा चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै जलस्रोत तथा सिचाइ तर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १९:०६