७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पासाङल्हामु राजमार्गको तिनपिप्ले-रानीपाैवा सडक निर्माण गर्न ५० करोड


१५ जेठ, काठमाडौँ । सरकारले तिनपिप्ले-रानीपौवा सडक यसैवर्ष निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तीनपिप्ले-रानीपौवा सडक यसै वर्ष निर्माण गर्ने गरी बजेट बिनियोज गरेको जानकारी दिए । उनले त्यसका लागि ५० करोड बिनियोजन गरेको जानकारी दिएका छन ।

राजनीतिक संरक्षणमा ठेक्का हत्याउने तर काम नगर्ने गरी बदनामी कमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएर पनि काम नगरेको पासाङल्हामु राजमार्गको ठेक्का केही महिनाअघि सडक विभागले तोडेको थियो । बालाजुदेखि रानीपौवासम्मको साढे २१ किलोमिटरको काम पनि भारतीय ठेकेदार कम्पनी अराभली इन्फ्रा पावरसहित नेपाली कम्पनी सैलुङ कन्स्ट्रक्सनले पाएको थियो । तर उनीहरूले ठेक्का लिएर ८ वर्षसम्म काम नगरेपछि ठेक्का तोडेको हो ।

बालाजुदेखि रानीपौवा खण्ड (१७ कि. मि.) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको शैलुङ कन्ट्रक्सन र रानीपौवा देखि त्रिशुली (पिपलटार) खण्ड (३४ कि.मि.) नेपाली कांग्रेसका नेताको कोशी एण्ड न्यौपाने कन्ट्रक्सन २०७४ जेठ २ गते ३ वर्षमा काम सम्पन्न गर्ने गरी बोलपत्र स्वीकार गरेको भए पनि एक दशक हुँदा पनि काम गरेनन् र अहिले ठेक्का तोडिएको छ । दुबै खण्डमा भारतीय कम्पनीसँगको जेभीमा लगेको ठेक्का थियो ।

उक्त सडक नेपालका १४ वटा पुराना राजमार्गमध्ये एक भएको २०२१ फागुन २१ गते तत्कालीन सरकारले प्रकाशित गरेको ‘नेपाल गजेट’मा उल्लेख गरिएको छ । त्यतिबेला यो सडकको चौडाइ बीचबाट दायाँबायाँ २५/२५ गज तोकिएको थियो । तर, सडक एकलेनको मात्र भएको कारण सरकारले विस्तार गर्नथालेको हो । बीचबाट दायाँबायाँ २५/२५ गज निर्धारण गरिए पनि स्थानीयको जग्गाको लगत कट्टा नभएको कारण विवाद जारी छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १९:०८