६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

७० वर्षमा झण्डै नौ हजारले चढे सगरमाथा


१५ जेठ, काठमाडाैँ । सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा मानव पाइला परेको ७० वर्ष पुरा भएको छ । यस अवधिमा ८ हजार ८ सय ५० ले सगरमाथाको सफल शिखर आरोहण गरिसकेका छन् । सगरमाथामा मानव पुगेको ७० वर्ष पुरा भएको अवसरमा पर्वतारोहण संघ (एनएमए)ले काठमाडौंमा बिशेष कार्यक्रम गरेको छ । सरकारले यही दिन पारेर बिगत १६ वर्षदेखि अन्तराष्ट्रिय सगरमाथा दिवस पनि मनाउँदै आएको छ ।

यही अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसीला श्रीपालीले सगरमाथा आरोहणका लागि देखिएका कानूनी र प्रशासनीक जटिलतालाई जति सक्दो चाँडो सामाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताएकी छन् ।

उनले भनिन्,‘समय सापेक्षीत रुपमा पर्वतारोहण सम्बन्धी नियमावली, पर्यटन ऐन लगायतको कानूूनहरुमा संशोधन गरेर अर्थतन्त्रलाई टेवा दिनेगरि पर्वतारोहण व्यवसायलाई व्यवस्थित पार्ने योजना मन्त्रालयको रहेको छ ।’

त्यस्तै, उनले हिमाल आरोहणलाई सुरक्षित र व्यवस्थित पार्न आवश्यक काय गरिरहेको जानकारी दिईन् । उनले भनिन्,‘हिमाल आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सगरमाथा बेस क्याम्पमा, सडक सञ्जाल, आपतकालीन स्वास्थ्य उपचार लगायतका आधारभूत सुविधालाई अझै व्यवस्थित गर्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । कानूनी र प्रशासनीक समस्याहरुलाई समाधान गर्न सरकार प्रयासरत छ ।’

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीेले नेपालमा पर्यटन उद्योगको जग नै पर्वतारोहण रहेको बताए । सन् १९५३ मे २९ तारिख आजकै दिन नेपाली आरोहि तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामाको चुचुरोमा पाईला मात्रै राखेनन्, विश्व कीर्तिमानलाई सुनौलो अक्षरमा सदाका लागि लेख्दै इतिहास रचे ।

उनीहरु दुईको सोही ऐतिहासिक आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा एनएमए, हिमाल पर्वतआरोही तथा सरकारीस्तरबाटै विविध कार्यक्रम गरि ‘प्लाटिनम जुब्ली’ काठमाडौंमा पनि मनाइएको छ ।

हिमाल आरोहणको ७० वर्ष पुग्दा नेपालमा सगरमाथा आरोहण गर्ने नेपाली तथा विदेशी आरोहिको संख्या उत्साहजनक रुपमा बढेको राज्यमन्त्री श्रीपालीले बताईन् । यहि वर्षबाट सरकारले आरोहिलाई सम्मान गर्न सुरु गरेको छ । कार्यक्रममा २८औं पटक सगरमाथाको आरोहण गरि कीर्तिमानी राखेका आरोहि कामीरिता शेर्पा, हरी बुढा मगर लगायतलाई सरकारले सम्मान गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:२५